कमलो
वि. [सं. कोमल]
- कोमल; चिल्लो; सलक्क परेको; मुलायम।
- टोक्दा, फोर्दा सजिलै टोकिने वा फोरिने; नरम;।
- दयालु; कोमल चित्त भएको; अर्काको वा आफ्नो दुःखद्वारा विह्वल हुने स्वभावको।
- दानी स्वभावको; फकाउँदा सजिलै फकिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)