कमाउनु

स. क्रि. [काम+आउ+नु]

  1. चल वा अचल सम्पत्ति जम्मा गर्नु; आर्जन वा उपार्जन गर्नु; कमाइ गर्नु; आर्जिनु।
  2. खेत वा बारीमा बाली लगाई भोगचलन गर्नु।
  3. सुन, चाँदी आदि धातुलाई गहनामा परिणत गर्नु; गहनागुरिया बनाउनु।
  4. पुरानो चलनअनुसार वर्सैपिच्छे बाली भर्ने गरी दमाईंले लुगा सिउने, कामीले हतियार बनाउने आदि काम गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)