कमानी

ना. [फा. कमान]

  1. भारोत्तोलनका लागि जडिने, दह्रो तारबाट निर्मित लचिलो यान्त्रिक उपकरण; स्प्रिङ।
  2. घडीमा दम दिँदा पटुका कसिए झैँ कसिने र दम निख्रँदा खुकुलिएर फुक्ने एक यान्त्रिक प्रणाली।
  3. स्मरणशक्ति तथा विवेकसँग सम्बन्धित स्नायुहरूको प्रणाली (मान्छेमा सीमित)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)