कराउनु
अ.क्रि. [सं. कलायन]
- रुने, हप्काउने, विरोध जनाउने, बोलाउने आदि उद्देश्यले ठुलो स्वर गरी चिच्याउनु।
- नचाहिँदो किसिमले चर्को स्वर निकाली बोल्नु। (उदा.- माली गाईले धान खायो, नकरा कान्छी कान खायो)।
- झर्को लाग्ने गरी बोलेर केही सुनाउनु, माग्नु, प्रशंसा गर्नु वा निन्दा गर्नु; कचकचाउनु; करकराउनु;।
- अन्याय र थिचोमिचोका विरुद्ध मर्कामा पर्नेले प्रायः मौखिक वा अलिखित रूपमा उजुर गर्नु; फिराद गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)