कराकर
ना. [तुल. गडगडाउनु, कडकडाउनु]
- ठुलो काम वा कार्जे (बिहे, बर्तमन, रोपाइँ, मेला, जात्रा, भोज इ.) मा हुने असाधारण व्यस्तता; चटारो; लछारो।
- त्यस्तै अवसरमा भेला हुने समुदाय; हुल; घुइँचो; ठेलमठेल; किचाघान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)