करौँजा/करौँजी
ना. [हि. कलौँजी, सं. करञ्ज]
- पिरो, तितो स्वादको भईकन गरम र दीपनगुण हुने, तीन चोसा परेको साना साना काला दाना हुने एक प्रकारको वनस्पति; कालो जिरा; मुग्रेलो; मुङ्रेलो।
- तितो र अमिलो स्वाद हुने, रातोसेतो रङ्को, आयुर्वेदमा रुचिकारक, कफपित्तवर्धक र तृष्णानाशक भनी बताइएको वनस्पति फलविशेष; करौँदा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)