करौँते

ना. [करौँती+ए]

  1. खस्रा र लामा पात हुने, सेतो फूल फुल्ने, भुईंमा वा पानीमा लहरा फैलने दुबोजातको एक प्रकारको झार; पानीदुबो।
  2. पात ज्यादै खस्रो हुने सानो खालको एक प्रकारको बाँस।
  3. करौँतीजस्तो रेट्ने वा अर्कालाई निर्दयी चालले दुःख दिने स्वभावको; करौँतीजस्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)