कर्कट

ना. [सं.]

  1. बाह्र राशिमध्ये चौथो राशि; कर्क राशि; कर्कट राशि।
  2. छिपछिपे पानी भईकन ढुङ्ग्यान ठाउँमा बस्ने छ खुट्टाजति भएको र अघिल्तिर केही मोटा, चिम्टे, धारिला, चेपुवाजस्ता दुई नङ्ग्रा हुने एक जलजन्तु; गँगटो।
  3. मालसामान जोख्ने तराजुको तेर्सो डाँठको दुवैतिर घुमुर्किएको, पल्ला थाली झुन्ड्याइने टुप्पो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)