कर्कनु

अ.क्रि. [कर्के+नु]

  1. सोझो भएर ठडिनुपर्ने वस्तु (घरको गार्‍हो, लिङ्गो, बाँस, खामो आदि) बाङ्गिनु; टेढिनु; कर्के हुनु।
  2. कसैलाई देखेको नदेख्यै गरी अर्कातिर लाग्नु; बाटो छलेर हिँड्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)