कर्के
वि. [सं. करक+ए]
- करकापमा परेको; अठ्याङमा परेको; द्विविधा अथवा सन्धिसर्पन आदिले गर्दा किं कर्तव्यविमूढ भएको।
- त्यस्तो प्रकारको स्थितिमा पार्ने (कर्के दाउ, कर्के चाल इ.)।
- कुस्तीको एक विशेष दाउ (विपक्षीलाई उम्कन नदिने गरी अँठ्याउने चाहिँ)।
- बाङ्गो, छड्के, टेढो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)