कर्तुत

ना. [सं. कर्तृत्व]

  1. योजनाबद्ध तरिकाबाट गरिएको नराम्रो कार्य; षड्यन्त्र; कर्तव्य। (उदा.- विनाकर्तुत श्याम मरेको होइन भनी डाक्टरहरूले पुलिससमक्ष विवरण पेस गरे।)
  2. नराम्रो ढङ्गको काम, बसउठ, बोलीचाली, व्यवहार, चालामाला आदि। (उदा.- उसको कर्तुत देखेर मलाई दिक्क लागिसक्यो।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)