कर्ममार्ग
ना. [सं.]
- वैदिक कर्मकाण्डका माध्यमबाट ईश्वरका सान्निध्यसम्म पुग्ने बाटो; यज्ञ, पूजा आदि धार्मिक अनुष्ठान। (ज्ञानमार्गभन्दा कर्ममार्गबाट सजिलै ईश्वरछेउ पुग्न सकिन्छ भनिन्छ।)
- भौतिक शरीरलाई धर्मको साधन सम्झेर रातदिन धार्मिक अनुष्ठान गरी परलोक सुधार्ने पद्धति; कर्मयोग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)