कर्मयोग
ना. [सं.]
- चित्तशुद्धि गर्ने शास्त्रविहित कर्म।
- सफलता र विफलताको वास्ता नराखी समान भावले गरिने शुभ कार्य; कुलपरम्परा र शास्त्रीय विधिविधानअनुसार कर्तव्य सम्झी गरिने आचरण। (गीतामा ज्ञानयोग, कर्मयोग र भक्तियोगको राम्रो वर्णन छ।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)