कर
ना. [सं.]
- राजस्वमा दाखिल हुने गरी नागरिकले सरकारी सरोकारवाला कार्यालयलाई अनिवार्य दातव्यका रूपमा दिनुपर्ने विभिन्न प्रकारको तिरो वा रकम (आयकर, मालपोत, बिक्रीकर, अन्तःशुल्क, आयातकर, निर्यातकर, बाटोकर (रोडसेस) इ.)।
- प्राचीन कालमा एक राष्ट्रले आफूभन्दा बलियो अर्को राष्ट्रलाई बुझाउने दस्तुर; सिर्तो।
- पहिले पहिले रैतीले भेटीका रूपमा जिमीदार वा तालुकदार आदिलाई दिने गरिएको विभिन्न प्रकारको रकम (ओलक, ठेकी, चारदाम, साउने फागु, कुत, बेठ इ.)।
- मान्छे, बाँदर आदिको हात।
- हात्तीको हात अर्थात् सुँड।
- प्रकाशको हात अर्थात् किरण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)