कलकलाउँदो/कलकलाउँदी

वि.

  1. कलकल शब्द निकाल्ने (नदी, झरना आदि) (कलकलाउँदी, दूरमा नदी- देवकोटा)।
  2. भर्खर मुना पलाएको वा पालुवा चढेको; कमलो (रुखपात, लहरा इ.)।
  3. भर्खर बैँस चढ्न लागेको; लर्के (केटो, उमेर इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)