कल्पना

ना. [सं.]

  1. स्मृतिपटमा अनौठा नयाँ कुरा वा वस्तुको प्रतिमा तथा रूपरेखा बनाएर काव्य, चित्र, प्रतिमा आदिका रूपमा उतार्ने वा मूर्त रूप दिने क्रियात्मक मानसिक शक्ति।
  2. त्यसरी नदेखेको वा नसुनेको कुनै नयाँ र अनौठो कुरा मनले अजमाउने वा प्रस्तुत गर्ने काम।
  3. अनुमान; अन्जाम; तर्कना।
  4. सुन्दर रचना; कृति।
  5. सजावट, सिँगारपटार।
  6. मनगढन्त कुरो; मनचिन्ते बोली।
  7. कुनै एउटा कुरालाई अर्को मानेर त्यसबाट भावसौन्दर्य प्राप्त गर्ने काव्यगत गुण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)