कविता

ना. [सं.]

  1. कविद्वारा आफ्ना संवेद्य अनुभूति वा स्फूर्त भावनालाई छन्द वा लयमा उनेर प्रस्तुत गरिएको पद्यात्मक वा गद्यात्मक साहित्यिक कृति वा रचना; काव्य; कविको भाव वा कविकर्म।
  2. व्यापक अर्थमा सबै प्रकारका पद्यात्मक वा गद्यात्मक रचना र सामान्यतः छन्द, गीत वा मुक्तकका विभिन्न प्रकारमा रचिएका कुनै एक विषय वा भावनाका फुटकर पद्यात्मक वा गद्यात्मक लययुक्त रचना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)