कविशिरोमणि
ना. [सं.]
- कविहरूमध्ये श्रेष्ठ वा शीर्षस्थ कवि।
- त्यस्ता कविलाई दिइने नेपालको एक राष्ट्रिय पदवी। [यो पदवी नेपाली भाषाका प्रसिद्ध कवि लेखनाथ पौड्याल (वि. सं. १९४१-२०२२) लाई प्रदान गरिएको थियो।]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)