कविसमय

ना. [सं.]

  1. प्रकृतिमा नहुने वा देश, काल आदिका कुरालाई पनि कविहरूले आफ्नो परम्परामा प्रयोग गर्दै आएका केही विशिष्ट परिपाटी वा मान्यता। (उदा.- युवतीका पादस्पर्शले अशोक फुल्छ; चातकले बादलबाट बर्सेको पानी चुच्चोमा थापेर खान्छ; इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)