कस्नु

स. क्रि. [प्रा. कस्सण]

  1. कुनै वस्तुलाई डोरीले मस्काउनु; बेस्करी बाँध्नु; टुर्‍र्‍याउनु।
  2. पेच, ढिम्री आदि घुमाएर टम्म पार्नु।
  3. किनमेल गर्दा सकेसम्म मोल घटाउने प्रयास गर्नु; कसाकस गर्नु; घटाघट गर्नु।
  4. किफायत गर्नु; खर्च घटाउनु।
  5. करकापमा पारेर लिनु; पैसा पैसाको हिसाब गर्नु।
  6. स्रेस्तामा आम्दानीखर्च बाँध्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)