काँडो

ना. [सं. कण्टक]

  1. हाँगा, डाँठ, पात आदिमा पलाउने आलपिन वा सियाको टुप्पोजस्तो घोच्ने वस्तु।
  2. दुःख दिने मानिस; शत्रु।
  3. सङ्कष्ट।
  4. बाधा; अड्काउ; व्यवधान; भाँजो।
  5. सालनाल।
  6. डरले शरीरमा ठडिएका रौँ।
  7. नदीनालामा बग्ने एक किसिमको विषालु फिँज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)