काँधे

वि. [काँध+ए]

  1. अर्काको झगडा वा मामला बोकेर हिँड्ने।
  2. काँध थापिदिने; आड दिने; उक्साउने।
  3. काँधमा राखिने वस्त्रादि; गलबन्दी; कँधेरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)