काई
ना.
- सिमसार वा रुखमा उम्रने हरियो मसिनु झ्याउ; पानीझ्याउ।
- दाँत वा जिब्रामा लाग्ने सेतो गनाउने लेउ; कस।
- बिरामी पर्दा हत्केला, पैताला, नङ आदिमा देखा पर्ने कालो मयल।
- सफा नगर्दा लिङ्ग वा योनिमा जम्ने मयल।
- ढुङ्गा, माटो आदिमा लाग्ने चिप्लो वस्तु; लेउ।
- काठ, धातु आदिका भाँडाभित्र जम्ने मयल; काउली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)