काकाकौवा

ना. [√ काकातुवा]

  1. कल्की भएको, रङगीबिरङ्गी सुगा जातिको एक पक्षी वा चरो; काकातुवा।
  2. सालको पातलाई बिचमा चिरी सिन्का घुसारेर कौवाका पखेटा जस्तै पारी हल्लाउँदै केटाकेटीले खेल्ने खेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)