काटीकुटी
ना. [काट+ई+कट+ई]
- दुई मानिसका बिचमा वा कुनै दुई थरी विषय वा कुराका बारेमा परस्पर रूप, ढाँचा, बोलाइ, आचरण आदि गुणको तुलना गर्दा प्रयोग गरिने शब्द।
- दुरुस्त; उस्तै। (उदा.- राम काटीकुटी उसको बाबु जस्तै छ। )
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)