काठ
ना. [प्रा. कट्ठ< सं. काष्ठ]
- रुखका बोक्राभित्रको कडा वस्तु; रुख ढाली बनाइएका थाम, दलिन, बिम, निदाल, तखता आदि घर बनाउने सामग्री; कुर्सी, मेच, ढोका, टेबुल आदि तयार गर्ने कच्चा पदार्थ; टिम्मा।
- दाउरा।
- मुला, गाजर, ग्याँठकोपी आदिमा छिप्पिएपछि गुदीका पत्रमा लाग्ने काठजस्तो साह्रो जालो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)