काण्ड
ना. [सं.]
- कुनै वस्तुको खण्ड वा भाग।
- रुखको हाँगो; डाली; शाखा; आँख्लो।
- पुस्तक आदिका कुनै अध्याय वा प्रकरण।
- अप्रिय तथा नराम्रो घटना (लाइब्रेरी काण्ड, हत्याकाण्ड इ.); अशान्तिको स्थिति।
- कुनै कुराको हद वा सीमा (काण्ड पुग्नु, काण्ड पुर्याउनु इ.)।
- धनुका बिचको मोटो भाग; बाण; तीर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)