काती

ना. [सं. कातैल]

  1. पिनासमेत मिसिएर थिग्रिएको तेलको लेदो; थिग्रेनी।
  2. टुकी आदि बाल्दा डढेर रहेको सलेदो वा फित्ताको कालो सिट्ठी; थुर।
  3. औधी मैलो; साह्रै मैलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)