कान
ना. [सं. कर्ण]
- ध्वनितरङ्ग वा शब्दलाई ग्रहण गर्ने शरीरको अङ्ग; शरीरको एक ज्ञानेन्द्रिय; श्रवणेन्द्रिय; कर्ण।
- कानका आकारको कुनै वस्तु (भाँडाबर्तनका कडा आदि)।
- बाह्रखरीको एक मात्रा; आकार (◌ा); कान्नानी।
- नाम्लाको पातामा बरियो छिराउन बनाइएको बिचमा प्वाल भएको दुईतिरको भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)