कानेखुसी

ना.

  1. स्वरयन्त्रमा कुनै कम्पन नल्याई सास मात्रले अरूका कानमा भनिने गोप्य कुरो; अरूले नसुनून् भन्ने उद्देश्यले ज्यादै मसिनो स्वरमा खुसुक्क बोल्ने काम; साउती; खासखुस; कानाखुसी; कानफुकाइ।
  2. भित्री प्रचारकार्य। (उदा.- चुनावमा मतदातालाई कानेखुसी नगरे जित्न नै सकिँदैन।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)