कापीराइट
ना.
- लेखक, सङ्गीतकार वा कलाकारलाई कानुनले दिएको त्यो अधिकार जसअनुसार साहित्य, सङ्गीत वा कलाविषयक कुनै पनि कृति वा कार्यको प्रकाशन, उत्पादन र बिक्रीमा खास अवधिसम्मका लागि कानुनी सुरक्षा प्रदान गरिएको हुन्छ; लेखकाधिकार; स्वत्वाधिकार; प्रतिलिप्यधिकार; सर्वाधिकार। यसको अन्तर्राष्ट्रिय चिह्न यस्तो (।) हुन्छ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)