कामर

ना. [सं. स्कन्धभार > हि. काँवर]

  1. प्रसिद्ध तीर्थस्थलका शिवलिङ्गमा गङ्गा वा कुनै पवित्र नदीको जल चढाउन जाने कामार्थुले बाँसका भाटालाई सिँगारपटार गरेर बनाइएको डन्डीका टुप्पामा झुन्ड्याएर काँधमा बोकी लगिने जलपात्रको हलुका भारी।
  2. कामार्थुले जलपात्र र पूजासामग्रीका साथै आफूले उपयोग गर्ने लत्ताकपडा, भाँडावर्तन र खाद्यवस्तुसमेत बाँसका चोयाबाट बनेका पात्रमा हाली तिनलाई रातोरङ्को कपडाको आवरणले नै ढाकेर मेहनाको रूप दिइएको बाँसका नोलका दुईतिरका टुप्पामा अड्काएर काँधमा बोकी लैजाने गर्‍हुँगो भारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)