कार्यार्थ

ना.यो. [सं.]

  1. उल्लेख भएअनुसार काम गर्नका लागि; सम्बद्ध कार्यलाई व्यवहारमा परिणत गर्नका निम्ति (अनुरोध वा आदेश)।
  2. त्यस्तै काममा चिठीपत्रको देहायमा लेखिने शब्द; बोधार्थ र कार्यार्थमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)