काल

ना. [सं.]

  1. वर्ष, महिना, बार, दिन, रात, घडी आदिका रूपमा गणना हुने दुई घटना वा क्रियाका बिचको समय; बेला; बखत; अवधि; टाइम; मौसम।
  2. कुनै कार्य गर्नका निमित्त उपयुक्त घडी वा अवसर।
  3. समयको कुनै निश्चित अवधि वा सूचक मान (उदयकाल, प्रातःकाल, सायङ्काल इ.)।
  4. मृत्युका देवता; यम।
  5. मृत्यु; मरण; नियति।
  6. शनिग्रह।
  7. खण्ड; अनुभाग।
  8. शिव।
  9. व्याकरणमा कार्य वा अवस्थाका समयलाई बोध गराउने क्रियाको रूप वा रूपावली (भूत, वर्तमान र भविष्यत्)।
  10. सङ्गीत तथा छन्दशास्त्रमा कालको नपाइ।
  11. कालो रङको; कृष्ण वर्णको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)