कालापानी
ना. [कालो+पानी]
- भारतमा अङ्ग्रेजी शासन छँदा आजन्म कारावासको सजाय दिने चारैतिर समुद्रले घेरिएको टापु (अन्डमन र निकोबार)।
- प्रायः जङ्गलछेउको अति गर्मी हुने, डरलाग्दो र औलको प्रकोप भएको ठाउँ।
- भारतसँगको सीमा विवादका कारण विशेष चर्चित दार्चुला जिल्लाको भूभाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)