कालो बजार
ना.
- सरकारद्वारा आयातनिर्यातका लागि प्रतिबन्धित मालसामानहरू बढी नाफा कमाउन अवैध किसिमले लुकीछिपी आयात वा निर्यात गर्ने काम।
- कुनै मालसामानको कृत्रिम अभाव खडा गरी अत्यधिक नाफा लिएर बिक्री गर्ने काम वा स्थिति।
- त्यस्तो मालसामान खरिदबिक्री गर्ने ठाउँ; चोरबजार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)