किलकिञ्चित्

ना. [सं.]

  1. संयोग श्रृङ्गारअन्तर्गत ज्यादै प्रिय वस्तु प्राप्त हुँदाको हर्षबाट नायिकामा उत्पन्न हुने मुस्कुराहट तथा हाँसो, रुदन, डर, क्रोध, भ्रम आदिको विचित्र मिश्रण; नायिकाले एकसाथ अनेक किसिमका भाव प्रकट गर्ने स्वाभाविक हाउभाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)