कुँडिनु
अ.क्रि. [कुँड्+इ+नु]
- चक्कु, तरबार, हँसिया आदि फलामे हतियारको धार झर्नु वा दोब्रिनु; भुत्तिनु।
- चित्त दुख्नु; मन पाक्नु; भित्र भित्र चिढिनु।
- अमिलाले दाँतमा खिहिरोपन पैदा हुनु वा दाँतको शक्ति कम हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)