कुइनेटो

ना. [कुनो+एटो]

  1. कुनो परेको ठाउँविशेष; डाँडाको फेदीदेखि उचालिँदै डाँडामाथिसम्म पुगेको ठाउँ; डाँडाको एकापट्टिको पाटो नाघी अर्कापट्टिको पाटामा लाग्ने ठाउँ।
  2. बगेको पानी पहाडको घुमेका ठाउँमा ठोक्किई नदीले बाटो फेर्ने ठाउँ; केही घुमेको ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)