कुक्क

क्रि.वि. [अ. मू. कुक्+क]

  1. खाँदा गला लागेर वा घाँटीमा कुनै वस्तु अड्केर वेगसित वायु निस्कन नपाउँदा आवाज आउने गरी; असजिलो भएर गलाबाट कुक कुक शब्द निस्कने चालले।
  2. बाडुली वा हिक्का आउँदा निस्कने शब्द; किक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)