कुट्नु
स. क्रि. [सं. कुट्ट+नु]
- मान्छे वा बस्तुभाउलाई तह लाउन र सास्ती दिन मुड्की, लबटो, लौरो आदिले हिर्काउनु; ताडना गर्नु; पिट्नु; ठोक्नु; ठटाउनु।
- लोहोरो, मुस्ली आदिले टुक्रिने वा धुजिने गरी औषधी, मसला आदि पिँध्नु।
- मुला, अदुवा, काँचा आँप आदिलाई थ्याचथ्याच पार्नु।
- मुसलको चोट पारी चिउरा, चामल आदि बनाउनु।
- मास, गहत, कोदो आदिका दाना झार्न घोचाले हिर्काउनु।
- परेका पानीले भिजाउनु; चुट्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)