कुर

ना. [सं. कुल]

  1. खास गरी जाडो याममा माछाहरू एकै ठाउँमा थुप्रिएर बस्ने काम वा त्यस्तो ठाउँ; माछाको गुँड।
  2. थुप्रो; रास।
  3. अंश; भाग- जस्तै- एक कुर- सय भागको एक भाग, त्रिकुर- तीन भागको एक भाग। यस्तै चौकुर, पचकुर आदि। (पश्चिम भेगका थारू जातिमा जग्गाको कुत बाँड्ने हिसाबमा यो चलन प्रसिद्ध छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)