कुर्नु

अ.क्रि. [सं. कुण्डन]

  1. कसैलाई पर्खेर बस्ने काम गर्नु; पर्खनु; प्रतीक्षा गर्नु; रुङ्नु।
  2. कुनै वस्तु वा व्यक्तिको रखवारी गर्नु; देखरेख गर्नु।
  3. खान पाउने आशाले पर्खनु; ढुक्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)