कुरिलो

ना. [सं. करीर]

  1. हरिया-पहेल्छ्या मसिना पात हुने, ससानो सेतो फूल फुल्ने र रातो गोल फल फल्ने एक जातको काँडादार बोट (यो ठुलो र सानो दुई किसिमको हुन्छ। यसका टुसा तरकारीका निम्ति खास गरी बिरामीलाई खुवाउनमा प्रसिद्ध छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)