कुलपति

ना. [सं.]

  1. विश्वविद्यालय, विद्यापीठ वा प्रज्ञा-प्रतिष्ठानका उच्चतम अधिकारी।
  2. विद्यार्थीहरूलाई भरणपोषण गर्दै शिक्षा दिने अध्यापक।
  3. दश हजार विद्यार्थीलाई भोजन र शिक्षादीक्षा दिने ऋषि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)