कृत्

ना. [सं.]

  1. धातुबाट नाम, विशेषण, अव्यय शब्दहरू बन्दा मूल धातुमा गाँसिने व्युत्पादक प्रत्यय (बन्+आइ, चल्+उवा, हाँस्+एर इ.);
  2. वस्तुवाचक शब्दको पछिल्तिर रही 'बनाउने' अर्थ बुझाउने विशेषणवाची शब्द (शास्त्रकृत्, भाष्यकृत् इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)