केन्द्र
ना. [सं.]
- कुनै स्थान वा वस्तुको मध्य भाग वा बिन्दु; माझ; बिचको ठाउँ; नाभि।
- विभिन्न कार्यसञ्चालन हुने मुख्य ठाउँ वा सदर मुकाम।
- सङ्घसंस्था आदिको प्रधान कार्यालय रहेको स्थान।
- सधैँ बस्ने ठाउँ।
- तैनाथ गर्ने विभाग।
- फलित ज्योतिषअनुसार जन्मकुण्डलीको पहिलो, चौथो, सातौँ र दसौँ स्थान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)