केरा
ना. [सं. कदली]
- निकै ठुला लामा पात हुने, कलेजी रङको कमलका आकारको बुङ्गो लाग्ने, पाकेपछि पहेँला, राता, हरिया रङका बोक्रा हुने लाम्चा गुलिया कोसे फल फल्ने जातजातको बोट वा त्यसैको फल; कदली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)