केशर

ना. [सं.]

  1. फूलभित्र हुने पराग र मकरन्दयुक्त मसिनो कोमल भुवा; केसर।
  2. प्रायः काश्मीरमा पाइने, सानो भुइँझारमा फुल्ने हल्का प्याजी रङ भएको फूलमा हुने सुगन्धी पहेँलो केस्रा; केसर।
  3. कुङ्कुम; किञ्जल्क।
  4. सिंह, घोडा आदिका घिच्रामाथि हुने लामा लामा रौँ; याल; जगर। यहाँसम्म हेरेको

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)