कोटाल

ना. [नेवा.]

  1. झ्यालढोकाको पल्ला अड्याइने चौकोसका दायाँबायाँ ठाडा काठमा झन्डै आधा खोली गहिरो बनाएर त्यसमा छिराई झ्यालढोका बन्द गरिने फल्याक।
  2. झ्यालको तल्लो आधा भागमा जडिने डन्डी, रेलिङ आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)